नियम ११६
सजायको आदेश दिने
(१) नियम ११५ बमोजिम जाँचबुझको काम समाप्त भएपछि सम्बन्धित प्रहरी कर्मचारीसँग स्पष्टीकरण मागिएको भए निजले तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा निजले दिएको स्पष्टीकरण सन्तोषजनक नलागेमा सजाय गर्ने अधिकारीले सजाय दिन सक्नेछ र सजायको आदेशको एक प्रति त्यस्तो कर्मचारीलाई दिनुपर्नेछ ।
(२) सजाय गर्नु पर्ने प्रहरी कर्मचारी सम्पर्कमा नरहेमा उपनियम (१) बमोजिमको सजायको आदेश प्रचलित कानून बमोजिम निजको परिवारको सदस्यलाई बुझाउनु पर्नेछ । यसरी बुझाएकोमा सम्बन्धित व्यक्तिले पछि आफूले जानकारी नपाएको भनी दाबी गर्न सक्ने छैन । परिवारको सदस्यले बुझि नलिएमा वा परिवारको कुनै सदस्य नभेटिएमा त्यस्तो सजायको आदेश अनुसूची–१५ बमोजिमको ढाँचामा निजको घर ठेगानामा सार्वजनिक रूपमा टाँस गर्नु पर्नेछ । उल्लिखित जुनसुकै तरिकाबाट त्यस्तो आदेश बुझाए वा तामेल गरेपछि सो कोे निस्सा वा भर्पाइ वा तामेली प्रति सम्बन्धित फाइलमा संलग्न गरी राख्नु पर्नेछ ।